काठमाडौं- रु रु जलुविद्युतको आइपीओमा ३६ गुणा बढी आवेदन परेको छ । १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार आइतबार साँझसम्ममा ९ लाख ३५ हजार ४८७ जनाले कुल १ अर्ब ३६ करोड ४५ लाख ६७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । सर्वसाधारका लागि बिक्री खुला गरिएको ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ३६ गुणा बढी आवेदन हो ।
रु रु जलविद्युत परियोजनाले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । रु रु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।
हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया