अभिनेत्री शशिकलाको ८८ वर्षको उमेरमा निधन

४ बर्ष अगाडि

भारतिय चर्चित अभिनेत्री शशिकला  जावलरको निधन भएको छ । सन् ७० को दशककी चर्चित अभिनेत्री शशिकलाको आइतबार ८८ वर्षको उमेरमा निधन भएको हो ।

  इन्डिया टिभिका अनुसार उनले करिब सय बलिउड फिल्ममा काम गरेकी थिइन् । यद्यपि पछिल्लो दशकमा उनी बलिउडमा टाढिएकी थिइन् ।

शशिकलाले ‘तीन बत्ती चार रास्ता’, ‘हमजोली’, ‘सरगम’, ‘चोरी चोरी’, ‘नीलकमल’, ‘अनुपमा’लगायतका फिल्ममा अभिनय गरेकी थिइन् ।

फिल्मसँगै उनले टेलिभिजन अभिनयलाई पनि निरन्तरता दिएकी थिइन् । नउी प्रख्यात सिरियल ‘सोन परी’मा फ्रूटीको हजुरआमाको भूमिकामा देखिएकी थिइन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया