वामी माइक्रोफाइनान्स सहित ७ कम्पनी शेयरमुल्यमा उच्च वृद्धि

५ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतवार सात ओटा कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ । 

सबैभन्दा बढी वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी जनरल इन्स्योरेन्सको ९.९९ प्रतिशत, राधी विद्युत कम्पनीको ९.९८ प्रतिशत,आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ९.९७ प्रतिशत, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ९.९५ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ९.९३ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी साञ्जेन जलविद्युत् कम्पनीको ९.८७ प्रतिशतका दरले वृद्धि भएको छ । 

ती सात ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया