काठमाडौं- साताको पहिलो दिन नेपाल स्टक एक्सेन्च(नेप्से)परिसुचक कारोबारको अन्तिम समयसम्म आउँदा ऐतिहासिक उचाईमा पुगेको छ ।
कारोबारको अन्तिम समयसम्म आउँदा परिसुचक २५.७१ अंकले बढेर २६५७.६१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज शेयर कारोबार २६३१.९ को बिन्दुबाट सुरु भएर ०.९८ प्रतिशतले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
यस्तै, सोही अवधीसम्म सेन्सेटिभ परिसुचक पनि ४.३३ अंकले बढेर ४७०.७५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
कारोबारका १३ उपसमुह मध्ये अन्तिम समयसम्म आउँदा ५ उपसमुह ओरालो लागेका छन् भने बाँकी ८ उपसमुह बढेका हुन् ।
अन्तिम समयसम्म नेप्सेमा २१२ कम्पनी कारोबारमा आएका थिए । कारोबारमा आएका उक्त कम्पनीमध्ये ११० कम्पनीको शेयरमुल्य बढेको छ भने ५८ कम्पनीको शेयरमुल्य घटेको छ र बाँकी कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
यस्तै कारोबारमा आएका उक्त कम्पनीहरुले १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ता शेयर ८९ हजार ८६० पटक खरिद बिक्री हुदाँ ९ अर्ब भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया