काठमाडौं- कारोबारको पहिलो दिन नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको तेस्रो घण्टा सम्म पुग्दाँ २१.८४ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे २६३१.९ का बिन्दुबाट सुरु भएको कारोबार २ बजे सम्म आउदाँ ०.८३ प्रतिशतले बढेर २६५३.७४ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म सेन्सेटिभ परिसुचक २.९८ अंकले बढेर ४६९.४० को बिन्दुमा पुगेको छ ।
तीन घण्टाको अवधीसम्म २१० कम्पनी कारोबारमा आएका छन् । कारोबारमा आएका उक्त कम्पनीको १ करोड २९ लाख ६ हजार ३५१ कित्ता शेयर ६४ हजार ५३२ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ५९ करोड २७ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
कारोबारका उक्त कम्पनीमध्ये निफ्राले सर्वाधिक कारोबार भएको छ । निफ्राले २९ करोड ९६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया