दोस्रो घण्टा : नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम साढे ४ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आउँदा दोहोरो अंकले बढेको छ ।

एक बजेसम्म आउँदा परिसुचक १९.४० अंकले बढेर २६५१.२९ को बिन्दुमा पुगेको छ । 

कारोबारमा आएका १३ उपसमुहमध्ये ५ उपसमुह ओरालो लागेका छन् भने बाँकी ८ उपसमुह बढेको हुन् ।

कारोबारको सोही अवधीसम्म २०५ कम्पनीको ८२ लाख ३९ हजार २५८ कित्ता शेयर ४६ हजार ४६० पटक खरिद बिक्री हुदाँ ४ अर्ब ६४ करोड ३२ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया