काठमाडौं – साताको पहिलो कारोबार दिन (आइतबार) प्रि ओपनमा नेप्से २६.४१ अंकले बढेको छ । आज प्रि ओपन सेसनमा नेप्से १ प्रतिशतले बढेर २६५८.३१ विन्दुमा पुगेको हो । यो विन्दु हालसम्मकै उच्च विन्दु पनि हो ।
प्रि ओपनमा नेप्सेमा २ करोड ३१ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ । साथै, ३२ हजार ७२२ कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रि ओपनमा ७४ कम्पनीको शेयर कारोबार भएको छ । त्यसमा ६० कम्पनीको शेयर मुल्य बढेको छ भने ३ कम्पनीको घटेको छ । यस्तै, ११ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ ।
प्रतिक्रिया