कालिका लघुवित्तको शेयर मूल्य नेप्सेमा समायोजन

५ बर्ष अगाडि

काठमाडौं - आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ ।

कम्पनीको १० प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन भए पछि शेयरमूल्य रू. १ हजार २९१ तोकिएको छ । 

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ४२० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न वैशाख ७ गते गते १०औं र ११औं वार्षिक साधारण सभा बोलाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया