काठमाडौं– आज पनि देशमा स्थानीय वायुको सामान्य प्रभाव रहने छ ।
देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा जल तथा मौसम बिज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश १, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १का पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
प्रतिक्रिया