ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले गत फागुनमा निष्कासन गरेको ६६ लाख कित्ता आईपीओ डिम्याट खातामा देखिएको छ ।
गत फागुन २१ गते देखि २६ गते सम्म कम्पनीले निष्कासन गरेको शेयर जेएलआईको स्टक कोडबाट डिम्याट खातामा देखिएको हो ।
जसमध्ये ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो ।
उक्त आईपीओमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो । जसमध्ये ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको थियो । ५ लाख ९४ हजार जना आवेदकले १० कित्ता दरले शेयर पाएका थिए ।
कम्पनीको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज९नेप्से० बाट पहिलो कारोबारको लागि ओपन रेञ्ज रू। १३२ दशमलव ९४ देखि ३९८ दशमलव ८२ पाउने देखिएको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाउने देखिएको हो ।
कम्पनीको आव २०७६र ७७ को प्रतिशेयर नेटवर्थ रू१३२ दशमलव ९४ रहेको छ ।
प्रतिक्रिया