ओलीलाई सत्ताबाट कांग्रेसले हटाउँछ : रामचन्द्र पौडेल

४ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पी शर्मा ओली थप समय सत्तामा रहे लोकतन्त्रमा थप क्षति हुने बताएका छन् । 

नेपाल शिक्षक संघको कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो भनेका हुन् । साथै प्रधानमन्त्रीबाट ओलीले राजीनामा नदिए कांग्रेसले हटाउने चेतावनी समेत दिएका छन्।

प्रधानमन्त्रीबाट ओलीलाई हटाउन शुक्रबारको केन्द्रीय समिति बैठकले अठोट लिएको पनि प्रस्ट्याएका छन् । उनले भने, 'छोड्नुहुन्‍न भने हामी हटाउँछौं। प्रधानमन्त्रीले राजीनामा नदिएका कारण हटाउन हामी बाध्य हुनुपरेको छ ।'

ओली सरकारले ७० वर्षदेखि लडेर ल्याएको व्यवस्था ध्वस्त पार्न लागेकाले सत्ताको विकल्प खोजिएको उनले बताए । प्रधानमन्त्रीले संसद्को उपेक्षा गरेको उनले आरोप लगाए । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया