रुरु जलविद्युतको आईपीओमा पहिलो दिनमै झण्डै १२ गुणा बढी आवेदन

५ बर्ष अगाडि

काठमाडौं - रुरु जलविद्युत परियोजना लिमिटेडले हिजोबाट साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । उक्त आईपीओमा पहिलो दिन नै ११.९८ गुणा बढी आवेदन परेको छ ।

कम्पनीको शेयरमा पहिलो दिनमा नै सर्वसाधारणबाट माग भएको कित्ताको तुलनामा सो परिमाणमा शेयर माग भएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उपलब्ध गराएको तथ्याङ्क अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा २ लाख ९३ हजार ९७६ वटा आवेदन मार्फत ५४ करोड ५१ लाख ७ हजार २०० रुपैयाँ बराबरको ४५ लाख ४२ हजार ५६० कित्ताको शेयर माग भएको हो ।

कम्पनीले चैत २० गते शुक्रबार देखि सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर ९आईपीओ० जारी गरेको हो ।

कम्पनीले कुल निष्काशित शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरुलाई लागि सुरक्षित गरि ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया