थापाका कारण एकता रोकियो, राजतन्त्रबारे फर्मुला तयार भइसकेको छ : राणा

७ बर्ष अगाडि

काठमाण्डौ – राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाकै कारण पार्टीएकता प्रक्रिया रोकिएको आरोप लगाएका छन् । 

सोमबार रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा राणाले परिपक्व तरिकाले एकता गर्न कालागि ४–५ दिनको समय माग्दा थापाले नमानेको जिकिर गरेकाहुन् । 

एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनी र आफूले केही समय गम्भीर छलफल गरेर एकता घोषणा गरौँ भन्दा थापा नमानेको राणाले बताए । 

क्लबका अध्यक्ष ऋषिधमलाको अध्यक्षतामा सम्पन्न साक्षात्कारमा बोल्दै राणाले कमल थापाको तातै खाउँजल्दै मरौँ प्रवृत्तिका कारण एकता प्रक्रिया तत्कालका लागि रोकिएको बताए । 

तीनवटै राप्रपा एकताका लागिआफू अझै पनितयार रहेको भन्दै राणाले हतारमा एकता गरेर प्रभावकारी नहुने बताए । एकताका लागि भएको छलफलमा महत्वपूर्ण विषयमा सहमति जुटिसके पनि पार्टीको झण्डा, चिन्ह र नाम टुङ्गो नलागेको राणाले जानकारी दिए । 

कमल थापाले पार्टीको नाम, चुनावचिन्ह र झण्डा राप्रपा नेपालकै कायम राख्नुपर्ने अडान राखेकाले पनि एकतामा असर परेको राणाले बताए । 

“तीनवटा पार्टी मिल्दा सबैले सम्झौता गर्नुपर्छ । नाम, झण्डा र चुनावचिन्ह सबै एउटै पार्टीको कायम राख्न सकिदैन । गाईलाई चुनाव चिन्हमान्न म सक्दिन ।” राणाले भने ।

एकीकृत पार्टीले गणतन्त्र मान्ने किनमान्ने विषयमा पनि फर्मुला तयार भइसकेको भन्दै राणाले उक्त फर्मुला भने अहिले सार्वजनिक नगर्ने बताए । 

धर्म निरपेक्षका विषयमा भने सहमति भइसकेको उनले बताए । तीनवटै राप्रपा हिन्दुराष्ट्रको पक्षमा रहेको राणाको भनाई थियो । 

“नेपाललाई जसरी भए पनि हिन्दु राष्ट्र बनाएरै छाड्ने राणाले बताएका छन् । हिन्दु राष्ट्रमा त नेपाल जानैपर्छ । यो नै हाम्रो पहिचानहो । जसरी पनि हिन्दु राष्ट्र बनाइन्छ ।” राणाले भने ।

नेपाली कांग्रेस तत्कालिन नेकपा एमाले र माओवादीले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएर देशका लागि अन्याय गरेको राणाको आरोप थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया