पछिल्लो २४ घण्टामा १७९  जनामा कोरोना संक्रमण,  १ सय ७९ जना संक्रमण मुक्त

५ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या  २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या हालसम्म १ हजार ६ सय ४७ जना रहेको छ ।

२४ घण्टामा १ सय ११ जना संक्रमणबाट मुक्त भएको छ । यो सँगै निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ रहेको छ ।

हाल क्वारेन्टाइनमा रहनेको संख्या ६१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६५ पीसीआर परीक्षण भएका छन् । हालसम्म भने १२ लाख ७९ हजार १ सय ५ पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिए । मृतकको संख्या भने २ हजार ३१ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया