षडयन्त्रको व्याख्या गर्न मलाई समय छैन तर षड्यन्त्र भएको छ : प्रचण्ड

४ बर्ष अगाडि

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक चरम फाँसीवादी निरंकुशतातिर जाने खतरा रहेको बताएका छन् । 

शुक्रबार प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताले गरेको बलिदानीलाई उल्ट्याउँदै नेपाली समाजलाई जर्बजस्त पछाडी धकेल्ने उद्देश्यअनुरुप राज्य नै फाँसीवादी बाटोमा लागेको बताएका हुन् ।

‘मुलुक अराजकतातिर जान खोजेको छ, राज्य आफैले मुलुकलाई प्रतिगमनतिर धकेल्न खोजेको छ, नेपाली जनताले सात दशक लडेर ल्याएको उपलव्धी उल्ट्याउन खोजिएको छ,’ अध्यक्ष प्रचण्डको भनाइ छ ।

उनले अहिले सरकारबाटै सुरु भएको प्रतिगमनतिरको यात्रा रोक्नु नै अहिलेको प्रमुख चुनौति रहेको बताए ।

‘फुटाउ र राज गर भन्ने सामन्ती संस्कारका विरुद्ध धेरै लामो संघर्ष गर्यौँ, त्यसैको उपलबिधका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा छौ तर, अहिले त्यसैमाथि प्रहार गर्ने षड्यन्त्र भैरहेको छ’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘त्यो षडयन्त्रको व्याख्या गर्न अहिले मलाई समय छैन तर षड्यन्त्र भएको छ ।’

उनले लोकतन्त्रका मूल्यमान्यता र आन्दोलनका उपलव्धी​हरु, शहीदहरुले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई निरंकुशतन्त्रतिर लैजाने प्रयास भएको बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया