आइसिसीका खेलमा नँया नियम !

४ बर्ष अगाडि

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसीले)आफ्ना प्रतियोगितामा भाग लिने टोलीमा सदस्यको  संख्या बढाएको  छ । 

कोरोनाका कारण खेलाडीहरु उपलब्ध हुने–नहुने निश्चित नभएकाले आइसिसीले टोलीमा  २२ जना खेलाडी राख्न पाउने व्यबस्था गरेको हो।

गत वर्ष आइसिसीले आफ्ना सिनियरस्तरका अन्तर्राष्ट्रिय प्रतियोगितामा हरेक टोलीमा  १५ खेलाडी र ८ जना अफिसियलसहित २३ जनालाई  समावेश गर्ने  निर्णय गरेको थियो भने  जुनियरस्तरका अन्तर्राष्ट्रिय प्रतियोगितामा  २० जना खेलाडी राखेको थियो।

अब यसै वर्ष आयोजना हुने टी–२० विश्वकप र आगामी वर्ष आयोजना हुने एकदिवशीय महिला विश्वकपमा टोलीहरुले आफ्नो टोलीमा २२ जनासम्म खेलाडी समावेश गर्न सक्नेछन्। 

खेलाडीको बदलामा अफिसियल पनि राख्ने सकिने आइसिसीले निर्णय गरेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया