काठमाडौं, यो साता नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक झन्डै ८३ अंकले बढेको छ ।
यो साता नेप्से परिसुचक चार दिन मात्र कारोबार आएको हो । यो साता २५४८.९७ को बिन्दुबाट सुरु भएको कारोबार ८२.९३ अंकले बढेर २६३१.९० को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । यो साताको पहिलो होलीको सार्वजनिक बिदा भएको हुदाँ शेयर बजार बन्द रहेको थियो ।
यो साता ४ करोड ७० हजार २१ लाख ७४ कित्ता शेयर २ लाख ७४ हजार ५१८ खरिद बिक्री हुदाँ २४ अर्ब १ करोड ३८ लाख रुपैंया बराबरको कारोबार भएको थियो ।
कुन दिन कतिको कारोबार ?
कारोबारको पहिलो दिन अर्थात सोमबार नेप्सेमा सामान्य अंकको गिरावट आएको थियो । यो दिन परिसुचक ५.४५ अंकले ओरालो लागेर २५४३.५२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । यो दिन नेप्से परिसुचक २५४३.९७ को बिन्दुबाट सुरु भएको थियो । सो दिन नेप्सेमा २०९ कम्पनि कारोबारमा आएका थिए । कारोबारमा आएका उक्त कम्पनीहरुको ९१ लाख ३८ हजार ९३५ कित्ता शेयर ६४ हजार ५१५ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ४१ करोड ३ लाख रुपैंया बराबरको कारोबार भएको थियो ।
कारोबारको दोस्रो दिन (मंगलबार) नेप्से ३२.१५ अंकले बढेको थियो । सो दिन परिसुचक २५४३.५२ को बिन्दुबाट सुरु भएर अन्तिम समय सम्म आइपुग्दाँ २५७५.६७ को बिन्दुमा पुगेको थियो । मंगलबार नेप्सेमा २०९ कम्पनी कारोबारमा आएका थिए । कारोबारमा आएका उक्त कम्पनीहरुको १ करोड २२ लाख ९ हजार ९२६ कित्ता शेयर ६८ हजार ६४४ पटक खरिद बिक्री हुदाँ ६ अर्ब १८ करोड ५६ लाख रुपैंया बराबरको कारोबार भएको थियो ।
कारोबारको तेस्रो दिन (बुधबार) नेप्से परिसुचक ४३.३५ अंकले बढेको थियो । सो दिन परिसुचक ४३.३५ अंकले बढेर २६१९.०२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । यो दिन कारोबारमा आएका २०९ कम्पनीको १ करोड १२ लाख ८१ हजार ७६६ कित्ता शेयर ६७ हजार १५१ पटक खरिद बिक्री हुदाँ ६ अर्ब १६ करोड ६० लाख रुपैंया बराबरको कारोबार भएको थियो ।
कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसुचक कारोबारको बीचमा हाल सम्मकै उच्च बिन्दुमा पुगेको थियो । यो दिन नेप्से परिसुचक २६४५.५० को बिन्दुमा पुगेको थियो । योभन्दा अघि नेप्से २६४०.३५ को बिन्दुमा पुगेको थियो । तर, कारोबारको अन्तिम दिन सम्म आउँदा परिसुचक २६३१.९० को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । बिहिबार परिसुचक १२.८८ अंकले बढेको थियो । यस्तै, यो कारोबारमा आएका २१८ कम्पनीको १ करोड ४३ लाख ९० हजार ४४७ कित्ता शेयर ७४ लाख २०८ पटक खरिद बिक्री हुदाँ ७ अर्ब २५ करोड ९ लाख रुपैंया बराबरको कारोबार भएको थियो ।
प्रतिक्रिया