भारतीय क्रिकेट टिमका पूर्व कप्तान सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमित भई होम आइसोलेसन रहेका सचिन अस्पताल भर्ना भएका हुन् । आफू अस्पताल भर्ना भएको जानकारी सचिन आफैले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका हुन् ।
सचिनलाई कोराना खोप लगाएको केही दिनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि सचिन होम आइसोलेसन बसेका थिए । उनी चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना भएको उनको ट्विटमा उल्लेख गरिएको छ ।
सचिनले आफू केही दिनमा घर फर्किने आशा गर्दै सबैलाई कोरोना सङ्क्रमणबाट बच्नका लागि सुरक्षा अपनाउन समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया