मेरो सेयरमा आएको समस्या समाधान हुन अझै केहि दिन लाग्ने

५ बर्ष अगाडि

काठमाडौं - केहि दिन यतादेखि मेरो सेयरमा बारम्बार समस्या आइरहेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड ९सिडिएससी०का अनुसार मेरो सेयरको स्तरोन्नति भइरहेकोले यस्तो समस्या देखिएको हो । 

पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरु आकर्षित हुन थालेका छन् भने नयाँ लगानीकर्ता दिनहुँ थपिरहेका छन् । जसले गर्दा सिस्टममा लोड पर्न गर्न बारम्बार समस्या देखिएको हो ।

सो समस्या समाधानको लागि स्तरोन्नतिको कार्य भइरहेको सिडिएससीले जनाएको छ । सिडिएससीका अनुसार स्तरोन्नतिको काम अझै केहि दिन चल्ने हुँदा समय समयमा मेरो सेयर नखुल्ने तथा लग आउट हुने जस्ता समस्याहरु आउनेछ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया