यस वर्षको ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७’ सम्मानबाट राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य अभिषेक रिजाललाई पुरस्कृत गरिने भएको छ । राष्ट्रिय टोलीमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितका माध्यमबाट देशको नाम चिनाउन सफल भएकामा उनलाई नगद रु ३५ हजार, प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटनका अवसरमा रिजाललाई सो सम्मान गरिने क्लबले जनाएको छ ।
प्रतियोगिताको आकर्षकका रूपमा रहेको निर्णायक ट्रफी (रेफ्री), वेष्ट अफ फाइभ ट्रफी, मेन अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडललगायत म्यान अफ दि म्याच नगद पुरस्कार सहारा युकेले उपलब्ध गराएको छ । पर्यटकीय शहर पोखरालाई ‘स्पोर्टस हब सिटी’का रूपमा परिचित गराउँदै, नवप्रतिभावान फुटबल खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्ने लक्ष्यसहित प्रतियोगितालाई निरन्तरता दिइएको क्लबले जनाएको छ ।
क्लबले कोरोना न्यूनीकरणका लागि सरकारबाट निर्देशित मापदण्डको पूर्ण पालना गरिने र गण्डकी प्रदेश खेलकूद परिषद्को सहयोगमा प्रत्येक दिन दर्शकहरुलाई निःशुल्क मास्कको व्यवस्था गरिएको बताइन्छ । सहाराले प्रतियोगिताबाट बचत रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ । हाल तेस्रो ब्याचको एकेडेमीमा १४ जिल्लाका २४ बालक आश्रित छन् । एकेडेमीमा उनीहरुले निःशुल्क शिक्षा, दिक्षालगायत फुटबल प्रशिक्षण गर्दै आएका छन् ।
प्रतिक्रिया