कारोबारको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से, अपर तामाकोशीको सर्वाधिक कारोबार

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समय सम्म आउँदा दोहोरो अंकले बढेको छ । 

बिहीबार परिसुचक ०.४९ प्रतिशत अर्थात १२.८८ अंकले उकालो लाग्दै २६३१.८९ को बिन्दुमा पुगेर आजलाई कारोबार बन्द भएको छ । आ नेप्से परिसुचक २६१९.०१ को बिन्दुबाट सुरु भएको थियो । 

अन्तिम समयसम्म १३ उपसमुह मध्ये ४ उपसमुह ओरालो लागेका छन् । होटेल, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समुह ओरालो लागेका हुन् भने बाँकी ९ उपसमुह बढेका छन् । 

कारोबारमा आएका २ सय १८ कम्पनीमध्ये ९७ कम्पनीको शेयरमुल्य बढेको छ भने ६७ कम्पनीको शेयरमुल्य घटेको छ र बाँकी १६ कम्पनीको शेयर स्थिर रहेको हो । 

कारोबारमा आएका उक्त कम्पनीहरुको १ करोड ४३ लाख ९० हजार ४४७ कित्ता शेयर ७४ हजार २०८ पटक खरिद बिक्री हुदाँ ७ अर्ब २५ करोड ९ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

यस्तै, अन्तिम समय सम्म २९ करोड ५६ लाख रुपैंया बराबरको कारोबार गर्दै अपर तामाकोशी हाइड्रोपावर उच्च स्थानमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया