काठमाडौं - नेकपा (एमाले)का नेता योगेश भट्टराई विद्वान, इमानदार र नैतिकवनहरुमाथि कारवाही हुने र मूर्ख, भ्रष्ट र नैतिकहरू पुरस्क्रित हुने बताएका छन् ।
भट्टराईले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको प्रति बिहीबार उनले ट्विटमार्फत प्रतिक्रिया दिदै यस्तो भनेका हुन् । साथै उनले यसको भद्दा मजाक गरिएको पनि बताएका छन् ।
उनले लेखेका छन्, 'ऋषिमुनी र बुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल : विद्वान, इमानदार र नैतिकवनहरुमाथि कारवाही हुन्छ । मूर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन । कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्दा मजाक गरिएको छ ।'
आजै अध्यक्ष केपी शर्मा ओलीले भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका थिए ।
प्रतिक्रिया