काठमाडौं- कारोबारको अन्तिम दिन अर्थात बिहिबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टासम्म आउँदा दोहोरो अंकले उकालो लागेको छ ।
तीन घण्टाको अवधीमा नेप्से १३.४२ अंकले बढेर २६३२.४४ को बिन्दुमा पुगेको छ ।
कारोबारका १३ उपसमुहमध्ये ३ उपसमुह ओरालो लागेका छन् भने बाँकी उपसमुह बढेका हुन् ।
यस्तै २ बजेसम्म आउँदा २१६ कम्पनीको ८९ लाख १९ हजार ७४९ कित्ता शेयर ४९ हजार १४७ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ५६ करोड ९४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया