नेप्सेको स्पष्टिकरणको जवाफ पठाएपछि किसान लघुवित्तको शेयर कारोबार फकुवा

५ बर्ष अगाडि

काठमाडौं- नेप्सेले सोधको स्पष्टिकरणको जवाफ पठाएपछि किसान लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार खुलेको छ। नेप्सेले लघुवित्तलाई सचेत गराउदै बिहीबारदेखि शेयर कारोबार खुल्ला गरेको हो।

लघुवित्तले संस्थाको पूँजीकोष पर्याप्त नभएको कारण हकप्रद शेयर जारी गर्नुपर्ने र त्यसको लागि सम्बन्धित निकायसँग परामर्श गरेर मात्रै अघि बढ्ने निर्णय गरेको र उक्त दिन सार्वजानिक बिदा परेकोले सम्बन्धित निकायसँग परामर्श लिन नपाएकोले हकप्रद सम्बन्धि प्रस्ताव राखिएको जनाएको छ। भोलिपल्ट सम्बन्धित निकायसँगको परामर्श पश्चात उक्त प्रस्ताव हटाएको लघुवित्तले जनाएको छ।

लघुवित्तको शेयरमूल्यमा प्रभाव पार्ने कुनै मनसाय नरहेको समेत नेप्सेलाई पठाएको जवाफमा उल्लेख छ।

५ बर्ष अगाडि

प्रतिक्रिया