फिफा विश्वकप छनौट: फ्रान्स र इटालीकाे जित, घरेलु मैदानमा जर्मनीको हार !

४ बर्ष अगाडि

फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा फ्रान्सले जित हात पारेको छ । बुधवार राति भएको खेलमा फ्रान्सले बोस्निया र हर्जगोभिनालाई १–० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

फ्रान्सको जितका लागी खेलको ६० औं मिनेटमा ग्रीजम्यान एन्टोनीले निर्णायक गोल गरे । एड्रिनको पासमा उनले उत्कृष्ट हेडर गोल गरेका थिए ।

जितसँगै फ्रान्सले ३ खेलमा ७ अंक जोडेको छ ।फ्रान्स डी समूहको शीर्ष स्थानमा रहेको छ । बोस्निया १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस्तै हिजो नै भएको छनोट खेलमा जर्मनी नर्थ मेसेडोनियासँग २–१ गोल अन्तरले पराजित भएको छ  ।

घरेलु मैदानमा इल्के गुन्डोगानले एक गोल फर्काएपनि जर्मनीले हार व्यहोरेको हो । पहिलो हाफको इन्जुरी समयमा गोरान पाण्डेभले गोल गर्दै मेसेडोनियालाई अग्रता दिलाएका थिए ।

खेलको ६३ औं मिनेटमा गुन्डोगानले पेनाल्टीमा गोल गर्दै १–१ को बराबरीमा  पनि  खेलको ८५ औं मिनेटमा एल्जिफ इल्मासले गोल गर्दै मेसेडोनियालाई २–१ को जित दिलाए ।

जर्मनीलाई हराएसँगै मेसेडोनिया समूह जे को दोस्रो स्थानमा उक्लिएको छ ।
मेसेडोनियाले ३ खेलमा ६ अंक जोडेको छ । जर्मनी ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै हिजै भएको अर्को छनोट खेलमा इटालीले लिथुनियालाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलको ४८ औं मिनेटमा स्टेफानोस सेन्सीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

 खेलको इन्जुरी समयमा सिरो इम्मोबाइलले गोल गर्दै इटालीलाई २(० को जित दिलाए ।
जितसँगै समूह सी को इटालीले ३ खेलमा ९ अंक जोडेको छ । इटाली शीर्ष स्थानमा कायम रहेको छ । लिथुनिया अंकविहीन रहदै पुछारमा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया