काठमाडौं- कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सेन्च(नेप्से) मा कारोबार सुरु भएको दुई मिनेट अजोड इन्स्योरेन्स कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढी बढेको छ ।
११ बजे दुई मिनेट जाँदा सम्म कम्पनीको शेयरमुल्य ९.९१ प्रतिशतले बढेको हो ।
आज कम्पनीेको शेयर कारोबार ९ सय ८४ रुपैंयाबाट सुरु भएको हो । जुन यो समाचार तयार पार्ने समयसम्म ९३ रुपैंयाले बढेर १ हजार ३१ रुपैंया पुगेको छ ।
यस्तै,शेयर कारोबार हेर्दा खरिदकर्ताको चाप पनि उत्तिकै देख्न सकिन्छ । हालसम्म कम्पनीको ७७ हजार भन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।
प्रतिक्रिया