२३ खेल पछि स्तब्ध भइन् ओसाका, २१ मिनेटमै पराजित

४ बर्ष अगाडि

एजेन्सी - विश्व नम्बर दुई नाओमी ओसाका ओपन टेनिसको क्वाटरफाइनलमा ग्रिक खेलाडी मारिया साकारी संग स्तब्ध भएकी छिन् । 

यो सँगै उनको २३ खेलको अपराजित यात्रामा पुर्ण विराम लागेको हो ।साकारीले जापानकी ओसाकालाइ दुई शुन्यको सोझो सेटमा पराजित गर्दै सेमफिाइनलमा स्थान सुरक्षित गरेकी छिन् । 

पहिलो सेटमा १२ अनफोस्र्ड एरर गरेकी ओसाकालाइ साकारीले सहजै ६–शुन्यले पराजित गरिन् । पहिलो सेटमा ओसाका २१ मिनेटमानै पराजित भएकी थिइन् । 

दोस्रो सेटमा ओसाकाले खेलमा पुनरागमन गर्दै तीन शुन्य अंकको अग्रता लिइन् । तर ३५ वर्षिया साकारी चार एकले पछि परेको स्थिती बाट खेलमा फर्किन् ।

उनी यो सेट ६–४ ले जित्दै पहिलो पटक मायामी ओपन टेनिसको अन्तिम चारमा प्रवेश गरिन् । साकारीले ठुलो स्वरमा जीतको खुशीयाली मनाएकी थिइन् । हारपछि ओसाका, अस्ट्रेलियाकी आस्ली बार्डी बाट पुन शीर्ष वरियता प्राप्त गर्न असफल भएकी छिन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया