प्रि ओपन  सेसन : दोहोरो अंकले बढ्दै हाल सम्मकै उच्च बिन्दुमा नेप्से

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको अन्तिम दिन प्रि ओपन  सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढ्दै  हालसम्मकै उच्च विन्दुमा पुगेको छ । 

 बुधबार ४३.३५ अंक बढेर २६१९.०२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २६.४८ अंक बढेर २६४५.५० विन्दुमा पुगेको हो। नेप्सेको हालसम्मको उच्च विन्दु २६४०.३५ रहेको थियो ।

बिहीबार प्रि ओपन सेसनमा ६७ कम्पनीको १ करोड ६६ लाख १८ हजार ६९४ रुपैयाँ बराबरको २२ हजार ४०८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५४ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया