काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीको लागि नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । बैंकले ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रीको लागि बोर्डसंग अनुमति मागेको हो ।
ऋणपत्र जारी गर्न बैंकले माघ ७ गते अनुमति मागेको बोर्डले जनाएको छ ।
बैंकले जारी गर्ने ७ लाख ५० हजार कित्तामध्ये ४० प्रतिशतले हुन आउने ३ लाख कित्ता बैंकले सर्वसाधारणका लागि निष्काशन खुला गर्नेछ भने ६० प्रतिशतले हुन आउने ४ लाख ५० हजार कित्ता व्यक्तिगत रुपमा बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।
बैंकले १० वर्ष अवधिका लागि जारी गर्ने उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत व्याजदर पाउनेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।
प्रतिक्रिया