एजेन्सी - स्पेनीस क्लव बार्सिलोनाले कोरोनाका कारण यो सिजनमा तीन सय ५० मिलियन यूरो घाटा ब्यहोरेको छ ।
नयाँ बोर्डले सार्वजनिक गरेको अडिट रिपोर्टका अनुसार बार्सिलोनाको आर्थिक अवस्था धेरै नाजुक रहेको जनाएको छ ।
पछिल्लो पटकको अडिट रिपोर्टमा क्लवका आर्थिक अवस्था निकै खराव रहेको र अझै पुर्ण रुपमा लयमा फर्कन २०२२ र २३ को सिजनसम्म लाग्ने बताइएको छ ।
साथै क्लवको आर्थिक अवस्था अर्को सिजनमा पनि रेड जोनमा नै रहने बताइएको छ । बार्सिलोनाका नयाँ प्रमुख कार्यकारी अधिकृत फेरन रेभेरटेरले भने क्लवलाई ट्रान्सफर मार्केटमा अझै पनि प्रतिस्पर्धात्मक बनाउने प्रयास रहेको बताएका छन् ।
प्रतिक्रिया