बिहिबार नेप्सेमा सूर्योदय लघुवित्त बोनस शेयर समायोजन

५ बर्ष अगाडि

काठमाडौं-बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन गरेको छ । 

नेप्सेले सूर्योदय लघुवित्त वित्तीय संस्थाको १५.३५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. १ हजार ९६० तोकेको छ । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५.३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी चैत ३१ गते साधारण सभा बोलाएको छ । सभा सहयात्री पार्टी प्यालेस स्याङ्जामा गर्ने हुने कम्पनीले जानकारी दिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया