सारथी नेपाल लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं- बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन गरेको छ । 

नेप्सेले सारथी नेपाल लघुवित्तको ८.१३ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. १ हजार ५९६ तोकेको छ । नेप्सेले अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ७२६ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८.१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी वैशाख ३ गते साधारण सभा बोलाएको छ । सभा होटल अरनिको धुलिखेलमा  हुने कुरा कम्पनीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया