विश्वकप छनोट: आज इंग्ल्यान्ड र पोल्यान्ड भिड्दै , आजै अन्य १५ खेल हुने

४ बर्ष अगाडि

विश्वकप २०२२ को युरोपियन छनोटमा आज राति इंग्ल्यान्ड र  पोल्यान्ड  भिड्दैछन् । खेल  इंग्ल्यान्डको घरेलु मैदान वेम्वली स्टेडियममा नेपाली समयअनुसार राति १२ः३० बजेपछि हुनेछ ।

समूह ‘आई’ मा ६ अंक जोडेर शीर्षस्थानमा रहेको  इंग्ल्यान्डको पोल्यान्डलाई हराए  ३ खेलबाट ९ अंक पुग्नेछ । छनोटको पहिलो खेलमा सान मारिनोमाथि ५–० ले जित निकालेको इंग्ल्यान्डले दोस्रो खेलमा अल्वानियालाई २–० ले पराजित गरेको थियो ।

यता ४ अंक रहेको पोल्यान्डले इंग्ल्यान्डलाई हराउन सके शीर्षस्थानमा उक्लनेछ । 

यस्तै आजै हुने अन्य खेलमा निम्न खेल हुनेछन् । खेल नेपाली समय अनुसार राति १२ः३०मा हुने छन् । 


समूह ‘बी’ मा रहेका ग्रीस र जर्जिया, स्पेन र कोसोभो 
समूह ‘सी’ मा रहेका लिथुआनिया र  इटाली,  नर्दन आयरल्यान्ड र बुल्गेरिया 
समूह ‘डी’ मा रहेका  बोस्निया हर्ज गोभिना र फ्रान्स,  युक्रेन र काजकस्तान 
समूह ‘एफ’ मा रहेका अष्ट्रिया र डेनमार्क ,  मोल्दोभा र  इजरायल ,  स्कटल्यान्ड र फारोइ आइल्यान्ड
समूह ‘आई’ मा रहेका एन्डोरा र  हंगेरी , इंग्ल्यान्ड र पोल्यान्ड ,  सान मारिनो र अल्वानिया  
समूह ‘जे’ मा रहेका अर्मेनिया र रोमानिया, जर्मनी र  नर्थ म्यासेडोनिया र लिचेस्टाइन र आइसल्यान्ड 

४ बर्ष अगाडि

प्रतिक्रिया