बुधबार नेप्से ४३.३६ अंकले बढेर २६१९.०२ विन्दुमा,कारोबार रकम कति ?

५ बर्ष अगाडि

काठमाडौं- बुधबार नेप्से परिसूचक ४३.३६ अंकले बढेर २६१९.०२ विन्दुमा पुगेको छ । आज २५८५.६७ को बिन्दुबाट सुरु भएको कारोबार अन्तिम समयसम्म आइपुग्दाँ १.६८ प्रतिशतले बढेको हो । 

कारोबारको अन्तिम समयसम्म आउँदा सेन्सेटिभ सूचक पनि ७.४८ अंकले बढेर ४६३ विन्दुमा पुगेको छ।

यस दिन सिस्टममा गढबढीको भए पनि अन्तिम समयसम्म आइपुग्दाँ कारोबार रकम ६ अर्ब माथि पुगेको छ। बुधबार केही समय टिएमएसमा समस्या आएर लगानीकर्ताले राम्रोसँग कारोबार गर्न पाएका थिएन् । यस दिन २०९ वटा कम्पनीको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता शेयर ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन व्यापार उपसमूहबाहेका कारोबारमा आएका १२ वटा उपसमूहको सूचक हरियोमा कायमा रहेका छन् ।  

बुधबार पाँच कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन महिला लघुवित्त, अजोड इन्स्योरेन्स, वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर कारोबार भएको हो।

यस दिन कारोबारमा आएका १११ कम्पनीको शेयरमूल्य बढेको छ भने ४९ कम्पनीको शेयरमूल्य घटेको छ। १९ कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

५ बर्ष अगाडि

प्रतिक्रिया