'रेशम चौधरी अपराधि हो भनेर दुनियाँमा भ्रम फैलाइयो, टीकापुर घटना हुँदा उनी त्यहाँ थिएनन्'

४ बर्ष अगाडि

नेकपा एमालेकी सांसद गंगा सत्गौंवा थारुले रेशम चैधरी अपराधि नभएको ठोकुवा गरेकी छिन् । संसदमा  बोल्दै थारुले चौधरी निर्दोष भएको तर अपराधि रहेको भन्दै  भ्रम फैलाइएको आरोप लगाएकी हुन्।

'रेशम चौधरी अपराधि हो भनेर दुनियाँमा भ्रम फैलाइयो ,तर टीकापुर घटना हुँदा उनी त्यहाँ थिएनन्, बर्दियामा थिए। टीकापुर घटनामा उनको कुनै संलग्नता नरहेको म ठोकुवा गर्न चाहन्छु,' उनले भनिन्।

टीकापुर घटनालाई राजनीतिकरुपमा हेर्न आग्रह गर्दै उनले भनिन्  'टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिएर जेलबन्दी बिताइरहेका सबै थारुलाई रिहाइ गर्न माग गर्दछु।

साथै उनले टीकापुर घटनामा अभियोग लगाइएका ५८ जना नै निर्दोष रहेको बताएकी छिन्।


 

४ बर्ष अगाडि

प्रतिक्रिया