झन्डै ३६ अंकले उकालो लाग्दा नेप्सेमा ३ उपसमुह भने ओरालो यात्रामा, कारोबार रकम कति ?

५ बर्ष अगाडि

काठमाडौं-  बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा हरियाली छाएको छ । 

कारोबारको तेस्रो घण्टा सम्म आउदाँ परिसुचक १.४० प्रतिशत अर्थात ३५.९७ अंकल उकालो लाग्दै २६११.६३ को बिन्दुमा पुगेको छ । आज शेयर कारोबार २५८५.६७ को बिन्दुबाट सुरु भएको थियो ।

यस्तै, नेप्सेमा दोहोरो अंकले बढ्दा पनि कारोबारका १३ उपसमुह मध्ये ३ उपसमुह भने ओरालो लागेका छन् । २ बजेसम्म आउँदा व्यापार , फाइनान्स र म्युचुअल फण्ड ओरालो लागेका हुन् । 

यसैगरी, सोही अवधीसम्म कारोबारमा आएका २०२ कम्पनीको ४८ लाख १२ हजार ४१ कित्ता शेयर ३१ हजार १५५ पटक खरिद बिक्री हुदाँ २ अर्ब ६५ करोड ६९ लाख रुपैंया बराबरको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया