मंगलबारको बैठकमा काँग्रेस सांसद प्रकाश स्नेही रसाइलीले बझाङका जनताले चामल खान नपाएर मन्त्रालय धाउनुपरेको भन्दै सरकारले के हेरेर बसेको छ ? भन्दै सरकारको जवाफ माग गरेका छन् । उनले भने, ‘सम्माननीय प्रधानमन्त्री ज्यु बालुवाटारमा बसेर नृत्य हेरिरहनुभएको छ'।
अब यो नृत्यको टिकट बिक्री गर्ने, सांसद खरिद बिक्रीको उद्घोष गर्ने प्रधानमन्त्रीलाई मेरो विनम्रतापूर्वक अनुरोध छ, तपाईको सरकार बनिसकेपछि तपाईंहरुले १३ करोडको होलिवाइन खानुभयो तर बझाङका जनताले चामल खान पाउने कि नपाउने सम्माननीय प्रधानमन्त्रीसँग यसको जवाफ माग्न चाहान्छु ।’
प्रतिक्रिया