काठमाडौं- कारोबारको तेस्रो दिन (बुधबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा ३४ अंकले बढेर २६०९.६७ को बिन्दुमा पुगेको छ ।
आज नेप्से परिसुचक २५८५.६७ को बिन्दुबाट सुरु भई १२ बजे सम्म आइपुग्दाँ १.३२ प्रतिशत बढेको हो ।
कारोबारमा आएका १३ उपसमुहमध्ये म्युचुअल फण्ड ०.०२ अंकले ओरालो लागेको छ भने बाँकी उपसमुह उकालो लागेका छन् ।
यस्तै सोही अवधीसम्म कारोबारमा आएका १७४ कम्पनीको १७ लाख ५८ हजार ९३८ कित्ता शेयर १३ हजार १९६ पटक खरिद बिक्री हुदाँ ९७ करोड ७ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया