काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १७.८१ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ३ सय १७ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ७ सय ३० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
यस्तै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.८५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय २५ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य एक हजार ६ सय ६० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया