पाइलटले रक्सी पिएर विमान चलाएपछि...

७ बर्ष अगाडि

नयाँदिल्ली– विमान चलाउने बेलामा मादक पदार्थ सेवन गरेको भेटिएपछि भारतका एक जना अनुभवी विमान चालकको अनुमतीपत्र रद्ध गरिएको छ । 
विमान चलाउनु अगाडी श्वास परिक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनको अनुमतीपत्र केही समयका लागि सोमबार रद्ध गरिएको अधिकारीहरुले जनाएका छन् । 
एयर इन्डियाको विमान उडाएर लण्डन लैजान लागेको बेला वरिष्ठ चालक अरबिन्द काथपालियाले मादक पदार्थ सेवन गरेको पाइएको अधिकारीहरुको भनाई छ । 

विमान चालक काथपालियाको अनुमतीपत्र यसअघि पनि सन् २०१७ मा तीन महिना रद्ध गरिएको थियो । 
सवै विमान चालक र चालक दलका सदस्यहरुलाई कम्तीमा पनि १२ घण्टा भन्दा अगाडी मादक पदार्थ सेवन गर्न निषेध गरिएको छ । 
विगत चार बर्षमा भारतका विभिन्न विमान सेवा प्रदायक कम्पनीका १५० भन्दा बढी विमान चालकहरु श्वास परीक्षणमा विफल भएपछि उनीहरूमाथि फरक फरक सजाय गरिएको छ ।  
 

७ बर्ष अगाडि

प्रतिक्रिया