''डेमोक्रेसीहरुको अहिलेको मुख्य काम नै केपी ओली हटाउनु हो'' : प्रधानमन्त्री ओली

४ बर्ष अगाडि

प्रधानमन्त्री ओलीले अदालतलाई मजाकका रुपमा नलिन नेताहरुलाई सुझाव दिएका छन् । मंगलबार रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै फागुन २३ को सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएर पुनरावलोकनमा गएर अदालतलाई मजाकका रुपमा लिएको बताएका हुन् ।

‘आज पुनरावलोकनमा जानुभएको छ रे, अदालत कुनै मजाक गर्ने ठाउँ हो रु दर्ता खारेज गरिदियो पार्टी आफ्ना आफ्नै भइसके । डबलीमा बोल्ने मान्छेसँग एकता ?  सहि कुरा गर्नुपर्छ नि एकता गर्न खोजेको तर सिध्याउनु पर्छ भन्ने,’ प्रधानमन्त्री ओलीको आरोप छ । उनले गत शनिबार प्रज्ञा डबलीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले दिएको अभिव्यक्ति र बुद्धिजीवीको भुमिकाको चर्को आलोचना गरे ।

‘आज पुनरावलोकनमा जानुभएको छ रे, अदालत कुनै मजाक गर्ने ठाउँ हो ? दर्ता खारेज गरिदियो पार्टी आफ्ना आफ्नै भइसके । डबलीमा बोल्ने मान्छेसँग एकता ? सहि कुरा गर्नुपर्छ नि एकता गर्न खोजेको तर सिध्याउनु पर्छ भन्ने,’ प्रधानमन्त्री ओलीको आरोप छ । उनले गत शनिबार प्रज्ञा डबलीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले दिएको अभिव्यक्ति र बुद्धिजीवीको भुमिकाको चर्को आलोचना गरे ।

उनले भने, ‘माकुल भएका छन् डेमोक्रेसीहरु । डेमोक्रेसीहरुको अहिलेको मुख्य काम नै केपी ओली हटाउनु हो । किन भने देश विकास गरिसक्यो केपी ओलीले यस्तो गर्न दिनुहुन्छ ?’, महन्थ ठाकुरको नाम लिदै उनले भने, ‘ठुला हाइवे बनाइसक्यो, तुइन हटाइसक्यो, तराईका समस्या समाधान गरिसक्यो त्यो गर्न दिनुहुन्छ ? विप्लवका समस्या, सिके राउत हाइवे बनाइसक्यो । मेलम्चीको पानी आइसक्यो, दिनमा दश किलोमिटर बाटो पिच हुनथालिस्क्यो अनि छिटो हटाउनुपरेन, हटाउनुपर्यो नि यार !’

त्यस्तै उनले प्रचण्ड माधवहरूले गरेको राजनीति नै नभएको पनि बताए । ‘उहाँहरुको यो पोलिटिक्स होइन । देशप्रति इमान्दार हुन सक्नुपर्यो’, प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘वाक स्वतन्त्रता प्रकाशन स्वतन्त्रता भएन रे, कसैले नथुनेका मुख आफै टेप लाएर थुन्ने अनि रु त्यसपछि मनपरी बोल्न पाइएको छ अनि कहाँनेर भएन वाक स्वतन्त्रता ? ’

उनले संघीयता संकटमा नपरेको दावी समेत गरे । भने, ‘संघीयतालाई के समस्या पर्यो ? केही समस्या अनुभुति र फिङिसबाहेक कुनैपनि प्रदेशलाई केन्द्रबाट बजेटमा कन्भिन्स गरिएको छैन ।’ उनले केपी ओली, प्रचण्ड र माधव नेपाललाई संकट परेको हुनसक्ने भएपनि देशलाई कुनै संकट नपरेको दावी गरे । ‘देशलाई कहाँ संकट परेको छ ? तपाईहरुलाई के मा संकट पर्यो ?  के भएछ ? केही विरामी देख्दिनँ । चुनाव भएर संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पर्छ भन्ने ?’ उनले प्रश्न गरे । उनले ११ फागुनमा भएको निर्णय ठिक तर फागुन २३ मा १२ दिनपछि अर्को फैसला आउदा अदालत कामै नलाग्ने भयो भयो भन्नु गलत रहेको टिप्पणी गरे ।

४ बर्ष अगाडि

प्रतिक्रिया