एचआईडिसीएलले हकप्रद शेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा दियो निवेदन

५ बर्ष अगाडि

काठमाडौं- हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट लिमिटेड (एचआईडिसीएल) ले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि बोर्डमा गत चैत १२ गते निवेदन दिएको हो ।  हाल कम्पनीको चुक्तापूँजी ११ अर्ब रुपैयाँ  रहेको छ । हकप्रद निष्कासनपछि पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।  

कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणमा ८० करोड ७२ लाख रुपैयाँ नाफा कमाएको बताएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया