तेस्रो घण्टा झन्डै २५ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ४ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सेन्च –नेप्से) परिसुचक झन्डै २५ अंकले उकालो लागेको छ ।

मंगलबार परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ २४.९० अंकले उकालो लाग्दै २५६८.४१ को बिन्दुमा पुगेको हो । 

कारोबारमा आएका १३ उपसमुहमध्ये  दुई बजेसम्म आइपुग्दाँ २ उपसमुह ओरालो लागेका छन् । व्यापार समुह र फाइनान्स समुह ओरालो लागेका हुन् ।

यस्तै, सोही अवधीको तुलना कारोबारमा आएका २ सय ५ कम्पनीको ८५ लाख ९२ हजार ५६६ कित्ता शेयर ४७ हजार ९३७ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ३२ करोड ३४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया