सूर्योदय लघुवित्तका लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, साधारण सभा कहिले ?

५ बर्ष अगाडि

काठमाडौं, सूर्योदय लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (बुधबार) अन्तिम दिन रहेको छ ।

सूर्योदय लघुवित्त वित्तीय संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १९ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएकाले बुधवारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५.३४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी चैत ३१ गते साधारण सभा बोलाएको छ । सभा सहयात्री पार्टी प्यालेस स्याङजामा गर्ने हुने कम्पनीले बताएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया