म्यानचेस्टर सिटी छाड्दै सर्जियो , बार्सिलोना जालान् त ?

४ बर्ष अगाडि

अर्जेन्टिनी खेलाडी सर्जियो अग्युरोले म्यानचेस्टर सिटी छाड्ने निर्णय गरेका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट खेल्दै आएका सर्जियोले यो फुटबल सिजनको अन्त्यमा क्लब छाड्ने भएका हुन् ।  


सर्जियो स्पेनिस क्लब एथ्लेटिको  मड्रिड बाट सन् २०११ मा  म्यानचेस्टर सिटी गएका अग्युरोले क्लबको ३८४ खेलमा २५७ गोल गरेका छन्। सर्जियो म्यानचेस्टर सिटीका सर्वाधिक गोलकर्ता  समेत रहेका छन् । 

सर्जियो आउने सिजनमा बार्सिलोना जाने सम्भावना रहेको छ ।  उनका एजेन्टले बार्सिलोना अध्यक्ष लापोर्तासँग सहमति गर्न खोजि रहेको र सर्जियोले पनि मेस्सीसँगको साझेदारी गर्न  इच्छुक रहेको समाचार बाहिरिएको छ । 

संञ्चारमाध्यमका अनुसार सर्जियोको पारिश्रमिक  लगभग १५ मिलियन युरो रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया