काठमाडौं- कारोबारको दोस्रो दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
सोमबार ५.४५ घटेर २५४३.५२ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा २.०२ अंक बढेर २५४५.५४ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा २९ कम्पनीको २५ लाख ४४ हजार ६१० रुपैयाँ बराबरको ४ हजार ३१० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया