काठमाडौं - डिफेन्डर विराज महर्जनले नेपाली राष्ट्रिय फुटबल टिमबाट संन्यास लिएका छन् । आज सम्पन्न थ्री नेसन्स कपपछि विराजले राष्ट्रिय टिमबाट संन्यास लिएका हुन् ।
सन् २००८ मार्च २५ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका ३० वर्षीय विराज एन्फा एकेडेमीका उत्पादन हुन् ।
विराजले सन् २००७ देखि थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरू गरेका थिए । थ्री स्टारबाट ९ वर्ष खेलेपछि उनी २०१६ मा मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भएका थिए । सन् २०१९ मा उनी मच्छिन्द्र क्लबमा आबद्ध भए ।
राष्ट्रिय टिमबाट ७५ खेल खेलेका उनले नेपाली टिमको कप्तानी गर्ने अवसर पनि पाएका थिए । उनले राष्ट्रिय टिमबाट एक अन्तर्राष्ट्रिय गोल पनि गरेका छन् ।
प्रतिक्रिया