थ्री नेसन्स कपको उपाधि नेपाललाई, ३७ वर्षको अन्तरालपछि पहिलोपटक घरेलु मैदानमा ट्रफी

४ बर्ष अगाडि

काठमाडौं - नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप जितेको हो ।

खेलको १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए भने ४१ मिनेटमा विशाल राईले दोश्रो गोल गरेका छन् ।

योसँगै ३७ वर्षको अन्तरालपछि नेपालले पहिलोपटक घरेलु मैदानमा ट्रफी हात पारेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया