काठमाडौं- निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बुधबार देखि संस्थापक सेयर लिलामीमा आउने भएको छ । कम्पनीको १ लाख ८ हजार ५४२ कित्ता संस्थापक सेयर लिलामीमा आउने भएको हो ।
कम्पनीले प्रतिकित्ता सेयरको भाउ न्यूनतम ५५० रुपैयाँ तोकेको छ । यसमा निर्धनका संस्थापक सेयरधनीका साथै सर्वसाधारण तथा अन्य योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् ।
निर्धनको संस्थापक सेयर लिलामीमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिन्छ । न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौं पुग्ने गरी बोलपत्र पेश गर्न सकिन्छ ।
प्रतिक्रिया