काठमाडौं- आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको लाभांश पाउने दिन भोलि (मंगलबार) सम्म मात्र रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणको लागि शेयरधनीदर्ता पुस्तिका चैत १८ गते देखि ३१ गतेसम्म बुक क्लोज गरेसँगै मंगलवारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो । कम्पनीले उक्त लाभांश पारित गर्नका लागि चैत ३१ गते साधारण सभा बोलाएको छ । सभा पञ्चकन्या बैंक्वेट काभ्रेपलाञ्चोकमा बिहान ११ बजे हुने भएको हो ।
प्रतिक्रिया